वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आज शोक विदा दिएको छ । वीरगञ्ज महानगरपालिकामा कार्यरत अधिकृत स्तर छैठौं तहका झुना महराको असामयिक निधनको शोकमा आज विदा दिएको हो । महराको वैशाख १८ गते निधन भएको हो ।
वीरगञ्ज महानगरपालिकाले उहाँको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले दिवंगत महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
दिवंगत महराको शोकमा शुक्रबार बिहान १०ः३० बजे वीरगञ्ज महानगरपालिकाको प्रांगणमा शोक सभा आयोजना गरिएको छ । नगर प्रमुखको उपस्थितिमा हुने उक्त शोक सभामा महानगरपालिकाका सम्पूर्ण कर्मचारीहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
साथै, सोही दिन महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाहरू बाहेक सम्पूर्ण सेवाहरू बन्द रहने प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए ।
