२३ कात्तिक, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई वटा खेलहरू हुँदैछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति रहेको यस प्रतियोगितामा आज हुने खेलहरूले दर्शकमा थप उत्साह थपेको छ ।
आजको पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आपसमा भिड्नेछन् । यो खेल आज दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ । दुवै टोली जित हासिल गर्दै अङ्क तालिकामा आफ्नो स्थिति बलियो बनाउने दाउमा रहेका छन् ।
त्यसैगरी, आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गोर्खाज आमने-सामने हुनेछन् । यो खेल आज दिउँसो साढे ४ बजेबाट सुरु हुनेछ ।
