वीरगञ्ज । वीरगञ्जको ठाकुर राम बहुमुखि क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना आज विहान १० बजेबाट सुरु भएको छ । मंगलबार राति १० बजेबाट मतगणना शुरु हुने भनिएको थियो, तर निर्वाचन अधिकृत दिलिप कुमार सिंहले आज बुधबार १० बजेबाट मतगणना गर्ने जानकारी दिएका छन् ।
सिंहका अनुसार, मंगलबार राति तोकिएको समयमा मतगणनाका लागि संघीय संगठन र समूहका प्रतिनिधिहरू उपस्थित नभएकाले काम सुरु गर्न सकिएको थिएन । त्यसैले, आज विहान १० बजेबाट गणना प्रक्रिया शुरु गर्न निर्देशन दिइएको हो ।
गत राति स्थगित भएको मतगणना प्रक्रियाका कारण क्याम्पसमा उपस्थित विद्यार्थी नेताहरूले प्रदर्शन गरेका थिए । विद्यार्थी र प्रहरीबीच केही वादविवाद भएको दृश्य सामाजिक सञ्जालमा देखिएको छ । यस निर्वाचनमा ठाकुर राम बहुमुखि क्याम्पसमा कुल १०,७२९ मतदातामध्ये ४० प्रतिशत, अर्थात् ४,२९९ मत खसेका थिए ।
