जनकपुर । सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघ प्यानल ६८ मतको अन्तरले विजय हासिल गरेको छ ।
नेविसंघका प्यानलबाट सभापतिमा पृथ्वी कुमार यादव, सचिवमा रमेश कुमार यादव, कोषाध्यक्षमा राम यादव, सदस्यमा विशाल यादव, राधिका कुमारी मण्डल, उपेन्द्र गुप्ता, आरती कुमारी मण्डल, कंचन पासमान, मनिषा कुमारी यादव र अजिता कुमारी यादव निर्वाचित भएका छन् । यस जितसँगै, नेविसंघले क्याम्पसमा आफ्नो पकड कायम राखेको छ ।
