काठमाडौं । बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी–२० सिरिजको चौथो खेल खेल्दैछ। पाँच खेलको सिरिजका तीन खेल सकिँदा २र१ ले पछाडि परेको नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ।
यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। शनिबार भएको पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको थियो । यस्तै नेपाल दोस्रो खेलमा आइतबार १० रनले पराजित भएको थियो भने बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो । सिरिजको अन्तिम खेल शनिबार हुँदैछ ।



