वीरगञ्ज । तराई मधेशमा तातो हावा चल्ने जोखिम भोलि देखि पनि कायमै रहने छ । यसअघि जल तथा मौसम विज्ञान विभागले नै सूचना निकालेर आजसम्म तातो हावाको लहर चल्ने बताएको थियो । तर आज यो लहर अझ भोलिदेखि पनि कायमै रहीरहने विभागले जनाएको छ । तराईका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । केही दिनदेखि तापक्रम बढेसँगै तराईमा तातो हावाको लहर चलेको छ । मौसम विभागले सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।
भोलिदेखिको अवस्थाबारे अध्ययन भैरहेको र आज बेलुकासम्म थप जानकारी दिने विभागका मौसमविद राजु प्रधानाङ्गले बताउनुभयो । वीरगन्जको तापक्रम ४३ डिग्रीभन्दा माथि पुगेको छ भने सिमरा, भैरहवा, जनकपुर, लगायतका ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको छ ।



