काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बिहीबार) दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा काठमाडौँको यो पहिलो खेल हो भने जनकपुर पहिलो जितको खोजीमा मैदान उत्रिँदैछ ।
यस्तै, आजै हुने दोस्रो खेलमा साँझ ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबिच प्रतिस्पर्धा हुनेछ। विराटनगर पहिलो खेलमा चितवनसँग पराजित भएको थियो भने कर्णाली लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ ।
