काठमाडौं । देशभर वन डढेलो बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३९ जिल्लाका एक सय ६५ ठाउँका वनमा डढेलो लागिरहेको छ । पानी नपरेसम्म डढेलो निभाउन मुश्किल पर्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो देशका ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको छ । ती मध्ये अधिकांश डढेलो आज पनि नियन्त्रणमा आउन सकेको छैन । तत्काल ठूलो वर्षाको संभावना नभएकोले अझै केही दिन वन डढेलो बढ्दै जाने अनुमान छ ।
बैशाख लागेयता देशका १३ सयभन्दा बढी ठाउँमा डढेलो र आगजनीका घटना भएका छन् । यी घटनामा २४ जनाको मृत्यु भईसकेको छ । हिजो मात्रै ललितपुरको गाादावरीमा डढेलो निभानउनेक्रममा स्थानीय दुई जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शंकर पहारी र रमेश पहारीको मृत्यु भएको हो ।



