काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्टस् र पञ्जाब किङस् खेल्दैछन् । यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे लखनउमा शुरु हुनेछ ।
लखनउ आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो । तर पञ्जाब किङस्ले दुईं खेल खेलेकोमा एक जित र एकमा हार ब्यहोरेको छ । उसले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ४ विकेटले नै हारेको थियो ।
गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई ७ विकेटले हराएको छ । बेंगलुरुले तेस्रो खेलमा दोस्रो हार ब्यहोरेको छ । कोलकाताको यो दोस्रो जित हो ।



