कार्तिक, १९ वीरगन्ज । प्रत्येक वर्ष झै शुभ दिपावली २०८३ को पुर्वसन्ध्यामा वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा बिहिबार नि:शुल्क कपड़ा वितरण एवं शुभकामना आदानप्रदान कार्यक्रम सुसम्पन्न गरेको छ। ” तपाई संग धेरै छ भने हामिलाइ दिनुस र तपाई संग कमि छ आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस ” को नारा बोक्दै प्रत्येक आइतबार देखि शुक्रवार सम्म बिहान १० देखि ५.३० बजे सम्म र शनिबार १ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज ८ बाट बिपन्न असहायहरु लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले बिहिबार वीरगन्जको घण्टाघर अगाडि स्व. रामजनम तिवारी बाबाको सालिक परिसरमा नया पुराना गरि करिब ८ सय थान कपड़ा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताए ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि , बिशिस्ट अतिथिहरु बैंकका सल्लाहकार नेपाल बार एसोसिएसन पर्साका पुर्व अध्यक्ष अधिवक्ता पन्नालाल गुप्ता, सल्लाहकार एवं निवर्तमान अध्यक्ष समाजसेवी रम्भा मिश्र, सल्लाहकार समाजसेवी अधिवक्ता प्रकाश उपाध्याय, सल्लाहकार सामाजिक अभियन्ता ओम प्रकाश सराफ,सल्लाहकार समाजसेवी नागेन्द्र सिंह ,अतिथिहरु पर्सा बारका सदस्य अधिवक्ता आशुतोष तिवारी , युवा समाजसेवी हुकुम सिंह राजपुत, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, आईज नेपालका कोषाध्यक्ष रुपशिला जैसवाल , समाजसेवी प्रमोद यादव ,बैंकका सदस्यहरु निला राम,नवराज भट्टराई , जानकी देबि,शिव श्रेष्ठ ,सुरज श्रीवास्तव,कर्मचारी मिथलेश श्रीवास्तव लगायत सन्चारकर्मिहरुको बाक्लो सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले कोहि नाङ्गो नरहोस भनी मुल मन्त्रलाई आत्मसात गरेर बिगत ७ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सहयोग पुर्याएर सेवा गर्दै आइरहेका छौ । बडादशै ,शुभ दिपावली,छठ महापर्व लगायत को चाडपर्वहरुमा असंख्य ब्यक्ती परिवारहरुले नया लुगा लगाउन नपाएको दुख्द अवस्थामा केही नया र नया जस्तै कपडाहरु वितरण गरि सेवा गर्दै आएको अधिवक्ता कुर्मिले बताउदै कोहि दानवीर दाताहरुले बैंक मार्फत सेवा गर्न चाहेमा हामी खुशी साथ हातेमालो गरि सेवा गर्न तैयार रहेको बताउदै हामीहरु मध्ये सक्षम हुनेले आआफ्नो आसपास सक्दो सेवा गरौ र मानवता बलियो बनाऔ भनी सम्पुर्णमा शुभ दिपावली एवं छठ महापर्वको शुभकामना दिएका थिए ।
सो अवसरमा बिशिस्ट अतिथी, अतिथी वक्ताहरुले कोहि नाङ्गो नरहोस भनी बिरगंज र ग्रामिण भेगमा ,पिडितहरु माझ पुगेर नया पुराना कपडा उपलब्ध गराइ दिन दुखी असहाय को सेवा सहयोग गर्दै आएको बिरगंज कपडा बैंकको अभियानमा सेवा सहयोग गर्न पाउँदा आफुहरुलाइ असाध्यै खुशी र गर्व लाग्ने बताउदै समाजका हासियेमा रहेका बिपन्न असहायको सेवा सहयोग गर्ने बिषयमा हामी सबैले हातेमालो गर्न आवश्यकता माथी जोड दिदै बैंकको समाजिक सेवाको सुकार्यमा सबैले सधै साथ सहयोग गर्न आग्रह गर्दै शुभ दिपावली एवं छठ महापर्वको चाडपर्वको बधाई तथा शुभकामना आदानप्रदान गरेका थिए ।
अध्यक्ष सिंहले चाडपर्वको समयमा नै अभावमा रहेका बिपन्न असहायहरुको पीडा अझ बढने भएकोले बैंकले सक्दो सेवा गरि उनिहरुको अनुहारमा हासो छर्ने कोशिस निरन्तर गरि रहेको बताउदै मानवता बलियो बनाउने बैंकको अभियानमा सहयोगि सम्पुर्ण दाता, सल्लाहकार , शुभेच्छुक ,सहभागी पदाधिकारी सदस्यजन , सन्चारकर्मिहरु प्रती आभार व्यक्त गर्दै शुभ दिपावली एवं छठ महापर्वको बधाई शुभकामना ब्यक्त गरेका थिए ।
