वीरगञ्ज । पर्साको वीरगञ्जमा हनुमान जयन्तीको विषयलाई लिएर उत्पन्न तनावपछि भएको झडपमा कर्फ्यु उल्लङ्घन गर्ने ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार हुलदंगा गर्दै कर्फ्यु तोड्ने प्रयास गर्ने र आपराधिक क्रियाकलापमा संलग्न देखिएकाहरूलाई पक्राउ गरिएको हो ।
डिएसपी किशोर लम्सालले झडपका क्रममा पाँच वटा मोटरसाइकलमा क्षति पुगेको र दुई वटा बिरयानी हाउसमा तोडफोड भएको जानकारी दिनुभयो । अहिले वीरगञ्जमा दिउँसो १२ बजेसम्म कर्फ्यु जारी रहेको छ । शान्ति सुरक्षाका लागि नेपाली सेनाको समेत परिचालन गरिएको छ ।
स्थिति नियन्त्रणमा लिन दुवै पक्ष — हिन्दू र मुस्लिम समुदाय — लाई संवादमा सहभागी गराउँदै वार्ता प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। अहिले अवस्था क्रमशः सामान्य हुँदै गएको छ।
