वीरगञ्ज । बारा प्रहरीले लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ गाउपालिका वडा न. १ निवासी २७ वर्षीया सुनिल मोक्तान र भिमफेदी गाउपालिका वडा न. ३ निवासी २० वर्षीया हर्क रुम्बा रहेका छन् ।
विशेष सूचनाको आधाकारमा ईलाका प्रहरी काार्यलय अमलेखगंजबाट प्रहरी बरिष्ठ नायब निरिाक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा न. २१ स्थित अमलेखगंज चेक प्वाईन्टमा हेटौडाबाट वीरगञ्जतर्फ आउँदै गरेको बा. प्र. ०३ प ३१२६ नम्बरको मोटरसाईकललाई रोकी चेक जाँच गर्दा सिटमुनी लकिाई छिपाई ल्याइदै गरेको दुई किलो ४१ ग्राम आगूऔषध अफिम जस्तो पदार्थ बरामद गरी मोटरसाईकलमा सवार निजहरूलाई नियििन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका निजहरुमाथी आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।



