काठमाडौं । मधेश प्रदेश सरकारले मंसिर २३ गते आइतबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाराको महागढीमाई नगरपालिकामा लाग्ने पञ्चवार्षिक गढीमाई मेलाका अवसरमा विशेष पूजा हुने भएकाले मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
