काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा काठमान्डु गुर्खाजले सुरुमा बलिङ गर्ने भएको छ । त्रिवि मैदानमा टस जितेको काठमान्डुका कप्तान करण केसीले सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिँदै बलिङ गर्ने निर्णय लिएका हुन् ।
काठमान्डु र सुदूरपश्चिम दुवै लगातार जितको लक्ष्यमा छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको थियो । उता पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको काठमान्डुले त्यसपछि दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो ।
