काठमाडौं । सुनसरीमा ट्रकबाट ठूलो परिमाणको गाँजा बरामद भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना७ख १८२५ नम्बरको ट्रकबाट २ हजार ५६६ केजी गाँजा बरामद भएको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बन्दागोभीले छोपेर ढुवानी गरिरहेको अवस्थामा ट्रकभित्रबाट ६३ वटा बोरामा उक्त परिमाणको गाँजा बरामद भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इनरुवा नगरपालिका(३ सखुवागाछीमा ट्रक चेक गर्ने क्रममा गए राति उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार ट्रक चालक धनकुटाको शहीदभूमि गाउँपालिका-२ का ३३ वर्षीय राजु राई र सोही ठाउँका सहचालक १८ वर्षी सन्दीप राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
