काठमाडौं- विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध नेपालले ६४ रन जोड्दा आधा खेलाडी गुमाएको छ।बिहीबार टियु मैदानमा जारी खेलमा पाँचौं विकेटका रुपमा १५ रन बनाएर कुशल मल्ल आउट भए। कुशलले पाँचौं विकेटका लागि भिम सार्कीसँग ४६ रनको साझेदारी गर्दै आउट भए।
त्यसअघि नेपालले २१ रन जोड्दा कप्ता रोहित पौडेललाई चौंथो विकेटका रुपमा गुमाएको थियो। नेपालले ओपनर कुशल भुर्तेललाई शून्य रनमा गुमाउँदा आसिफ शेख ४ रन, अनिल साहा ८ रन र कप्तान पौडेल १ रनमा पेभिलियन फर्किएका थिए। अहिले क्रिजमा सोमपाल कामी र भीम सार्की रहेका छन्।
सार्कीले ३६ रन बनाएर खेलिरहेका छन्।नामिबियाका लागि रुवेन ट्रम्पेलम्यान र ज्याक ब्रसेलले समान २-२ विकेट लिँदा जेराड एरासमसले १ विकेट लिए।टियु मैदान कीर्तिपुरमा नामिबियाले टस जितेर पहिलो फिल्डीङ गरेसँगै ब्याटिङ गरेको नेपाल कमजोर स्कोरमै सिमित हुने जोखिम बढेको छ।



