वीरगञ्ज, २९ भदौ । सभापति राजकुमार यादवको नेतृत्वमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), ठाकुरराम बहुमुखी क्याम्पसले बाढीपीडित परिवारका लागि एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ।
बाढीका कारण प्रभावित तथा समस्यामा परेका परिवारलाई राहत पु¥याउने उद्देश्यले स्ववियुले उक्त सहयोग रकम उपलब्ध गराएको हो। विद्यार्थी नेतृत्वले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपद्को समयमा पीडितको साथमा उभिएको जनाएको छ।
स्ववियु सभापति राजकुमार यादवले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व रहेको बताउँदै आगामी दिनमा पनि आवश्यक सहयोग तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थी नेतृत्वबाट गरिएको यो सहयोगले बाढीपीडितप्रति मानवीय संवेदना र सामाजिक जिम्मेवारीको सकारात्मक सन्देश दिएको छ।
