वीरगञ्ज । रौतहटको चन्द्रपुर नगरपालिका-१०, निबुवा टोलमा सेफ्टिक ट्यांकीमा खसेर दुई जना बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, स्थानीय गरिमा साहका एक वर्षीय छोरा रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मंगलबार साँझ पौने ८ बजे हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेर मृत्यु भएको हो ।
उनीहरू खेल्ने क्रममा ट्यांकीमा खसेका थिए । बालबालिकालाई तत्काल ट्यांकीबाट निकालेर चन्द्रपुर सरकारी अस्पताल पुर्याइएको थियो । तर, अस्पताल पुर्याएको केही समयमै, अर्थात् राति ८:१५ बजे, चिकित्सकहरूले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
