२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपाल यूएईविरुद्ध १५३ रनमा अलआउट भएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको हो ।
नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए । सचिन भट्टले ३२, दर्श सोनार र निरज यादवले १६, आशिष लुहारले ११ रन बनाए ।
यूएईका लागि नसीम खानले ५ विकेट लिए भने अयान मिसबाहले ३ विकेट र नूरउल्लाह अयोबीले २ विकेट लिए ।
नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।
