वीरगञ्ज । पर्सामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बहुदरमाई नगरपालिका–५ पटनीमा गएराति बीआर ०१ पिए ४४९९ नम्बरको भारतीय टाटासुमो र नम्बर खुल्न नसकेको मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक ३८ वर्षीय नरेश साह बर्णवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । दुर्घटनापछि दुवै सवारी साधनमा आगो लागेको छ ।
मोटरसाइकलमा पछाडि सवार बहुदरमाई नगरपालिका–५ का १९ वर्षीय रोशन बर्णवाल घाइते भएका छन् । उनको वीरगन्ज स्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।
