वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाडौंबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ ।
आयोगले दिएको जानकारी अनुसार, पोखरिया नगरपालिका र बहुदरमाई नगरपालिकामा विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्का सम्बन्धी प्रक्रियामा अनियमितता गर्दै अवैध रूपमा घुस लिएको आरोपमा श्रीवास्तवलाई पक्राउ गरिएको हो श्रीवास्तव माथि अनुसन्धानका क्रममा सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको आयोगले जनाएको छ ।
