वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २३, प्रसौनि बिर्ता टोलका १२ वर्षीय निति दास सर्पको टोकाइबाट घाइते भएका छन् । उनी आफ्नै गाउँको चौरमा क्रिकेट खेल्ने क्रममा दाहिने खुट्टामा सर्पले टोकेको हो ।
घटनाको जानकारी पाएपछि उनका परिवारका मान्छेले उपचारका लागी नारायणी अस्पताल ल्याइएको उनको अवस्था मध्यम रहेको बताइएको छ । धाईते का दाई सोहन दासले बताएका छन् ।
घटनाबारे थप अनुसन्धानका लागि पर्सा जिल्लाको श्रीपुर वा प्रहरी कार्यालयको कमाण्डमा प्रहरी टोली खटिएको । सर्पदंशको जोखिमबाट बच्न स्थानीय बासिन्दालाई सचेत रहन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्सा का प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक किसोर लम्साल द्धारा जानकारी।
