वीरगञ्ज । विकास बैंक तथा फाइनान्स कम्पनीका शाखा प्रबन्धक र प्रदेश प्रमुखहरूको भेलाले बी एण्ड सी बैंकर्स क्लब वीरगञ्जको नयाँ नेतृत्व चयन गरेको छ । वैशाख २२ गते, वीरगञ्ज कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडको कार्यालयमा आयोजित बैठकले सर्वसम्मत निर्णय गर्दै गुप्ताको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ ।
कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङको प्रमुख आतिथ्यता तथा विभिन्न बैंक तथा फाइनान्स संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका प्रदेश प्रमुख राजेश कुमार गुप्तालाई अध्यक्ष चयन गरेको छ ।
नयाँ कार्यसमितिमा अन्य पदाधिकारी र सदस्यहरुमा उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, मा क्रमशः सुदीप चन्द्र पोखरेल (महालक्ष्मी विकास बैंक लिमिटेड), उदय कुमार कामती (कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेड), डिगम्बर थापा क्षेत्री (मन्जुश्री फाइनान्स लिमिटेड), राजीव कुमार झा (गरिमा विकास बैंक लिमिटेड), र सवीर अली (सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड) रहेका छन् ।
त्यस्तै, सदस्यहरूमा पुरुषोत्तम अधिकारी, सम्सुल हुदा खाँन, विपिन किशोर श्रेष्ठ, सुरज कोइराला, कृष्ण कुमार झा, राजन गिरी, सबीर अन्सारी र शान्ती सिंह रहेका छन् ।
बैठकले कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङलाई वरिष्ठ सल्लाहकार र सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडका प्रदेश प्रमुख रुपक मैनालीलाई सल्लाहकारमा चयन गरेको छन ।
