रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित जनज्योति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को प्यानल जित हासिल गरेका छन् । बुधवार सार्वजनिक भएको मत परिणाम अनुसार नेविसंघले भारी मतान्तरले विजय हासिल गरेका हुन् ।
सभापति पदमा नेविसंघका मोहम्मद नौसाद आलमले १ हजार १ सय ७४ मत प्राप्त गर्दै स्पष्ट जित निकालेका छन् । उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका दामोदर उप्रेतीले २०३ मत, तथा अखिल ९क्रान्तिकारी० का अजय पटेलले १७० मत प्राप्त गरेका छन् ।
सचिव पदमा नेविसंघका शाहिल पुरी १ हजार १ सय २८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा समाजवादी पार्टी (एस) का शुभ श्रेष्ठले २३१ मत ल्याए, जसले अनेरास्ववियुसँग गठबन्धन गरी चुनाव लडेका थिए । अखिल (क्रान्तिकारी) की सुस्मिता घलानले १८७ मत प्राप्त गरिन् ।
कोषाध्यक्ष पदमा नेविसंघकै सम्झना कुमारी चौधरीले १ हजार १ सय ४८ मत प्राप्त गर्दै जित दर्ता गराइन् । निकटतम अनेरास्ववियुका अभिशेष चौधरीले २११ मत तथा अखिल ९क्रान्तिकारी० की अनिषा चौधरीले १८१ मत प्राप्त गरिन् ।
सदस्य पदमा नेविसंघले आफ्नो वर्चस्व कायम राख्दै विकास कुमार दास, आर्जु भट्टराई, रोहन श्रेष्ठ, पुष्पा कार्की, ऋतिक सिंह, रोजिना कुमारी काफ्ले, तथा सुशील कुमार विजयी भएका हुन् ।
समानुपातिकतर्फ क्याम्पसमा नेविसंघले ११२९, अनेरास्ववियुले २४१, समाजवादी विद्यार्थी युनियनले ९९ र अखिलले २०२ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृत विनोद प्रसाद तिमल्सिनाका अनुसार २ हजार ९५४ मतदाता रहेका मध्ये १ हजार ६८७ मत खसेको थियो ।
यस पटकको निर्वाचनमा नेविसंघ, अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन गरी ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए ।
