काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘प्लेअफ’ दौड कायम राख्ने प्रयासमा रहेको पोखराले काठमान्डुलाई जितका लागि १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहले ब्याटिङ गरेको पोखरा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो । पोखराका लागि तीन खलाडीले मात्र दोहरो स्कोरमा रन बनाए ।
उसका लागि रेमन रिफरले सर्वाधिक ४१ रनको अविजित इनिङ खेल त्यस्तै ओपनर दिनेश खरेलले ३८ रन बनाउँदा दिलिप नाथको २७ रन थप दोहोरो स्रका रुपमा रहह्यो । अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन् ।
उसका लागि शीर्ष तहका ब्याटरहरु आन्द्रेस गौस शून्य रनमा आउट हुँदा कुशल भुर्तेल ७ रनमा पेभिलियन फर्किए । त्यस्तै आकर्षित गोमेल ८ रनमा आउट हुँदा माइकल लिस्क १ रनमा आउट भएका थिए ।
काठमान्डुका लागि रसिद खान र करण केसीले समान ३-३ विकेट लिंदा गेर्हार्ड एरासमस र माइकल लेभिटले समान १-१ विकेट लिए । जारी प्रतियोगितामा दुबै टिमले पाँच खेलबाट समान २-२ जित हासिल गर्दै ४-४ अङ्क बनाएका छन् ।



