काठमाडौं । काठमाडौंमा यस वर्षकै आज बढी चिसो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
यसअघि शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री थियो । महाशाखाले शनिबार बिहान ८ बजेर ४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ ।
तराईमा हुस्सु र कुहिरो
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सुरकुहिरो लागेको विभागले जानकारी दिएको छ ।
दिउँसो कोशी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर मौसम मुख्यतया सफा रहने शनिबार बिहान जारी बुलेटिनमा उल्लेख छ ।



