काठमाडौं । बुटवलको तिनाउ पुलमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नयाँगाउँबाट बिरामी लिएर बुटवलतर्फ गुडिरहेको जीप पुलको डिभाइडरमा ठोक्किएर पल्टिएको हो ।
दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उहाँकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जीप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । गौरी खनाललाई दमले च्यापेपछि प्रादेशिक अस्पताल बुटवल पुर्याउने क्रममा बाटोमै जीप पल्टिएको हो ।



