काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको लुम्बिनी १९.२ ओभरमा १ सय ३ रनमै अलआउट भयो ।
उसका लागि भीम सार्कीले ३१, डान डौथवेटले २१, प्रतीक श्रेष्ठले २० तथा स्टीफन एस्किनाजीले १३ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । लुम्बिनीका लागि सादबिन जाफरले तीन, अभिशेष गौतम र रामोन सिमन्ड्सले दुईरदुई तथा विवेक यादवले एक विकेट लिए ।
प्लेअफ सम्भावना जीवित राख्न लुम्बिनी जित्नैपर्ने दबाबमा छ । उसले अहिलेसम्म पाँच खेल खेल्दा चारमा हार तथा एक खेलमा जित निकालेको छ । लुम्बिनी दुई अंकसहित तालिका पाँचौं स्थानमा छ । यस्तै, काठमाडौं तालिकाको छैटौँ स्थानमा छ । उसले तीन म्याच खेल्दा दुईमा हार तथा एक खेलमा मात्र जित निकालेको छ ।
