कात्तिक । महोत्तरीमा ६० किलो गाँजा बरामद गरिएको छ । गएराति एकडारा गाउँपालिका-३ भटौलियामा सशस्त्र प्रहरीको गस्ती टोलीले चारवटा पोकामा प्याक गरेको अवस्थामा ६० किलो गाँजा बरामद गरिएको हो ।
भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीलाई देखेपछि चारजना व्यक्तिहरू ती गाँजा छोडी फरार भएको जलसागरस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण हेडक्वार्टर महोत्तरीको जनाएको छ ।
फरार भएको उक्त व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीले बताए । बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।



