वीरगञ्ज । लागु औषध ब्राउनसुगरसहित वीरगञ्जबाट दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा १८ ग्राम ब्राउसुगरसहित दुइ जनालाइ पक्राउ प्रहरीले वीरगञ्जबाट गरेको हो ।
वीरगञ्जको बसपार्कबाट दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए । पक्राउ पर्नेहरुमा भारत विहारका अलिअख्तर देवान र फुलमहम्मद देवान रहेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुबैजनालाई बिर्ता एरियाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता भारती बताउँछन् । उनीहरु थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । लागु औषध सम्बन्धी कसुरमा म्याद थप आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइए को प्रहरीले जनाएको छ ।
