वीरगञ्ज । विश्वमै सबै भन्दा बढी बली चढाईने मन्दिरको रुपमा रहेको बारा जिल्लाको महागढीमाई नगरपालिका–१ बरियार पुरस्थित गढीमाई मेलाको उद्घाटन भोली घटस्थापना अर्थात असोज १७ गते बिहिबार हुँदै छ ।
मेला संचालन तथा व्यवस्थापन मुल समितिका अध्यक्ष एवं मेयर उपेन्द्र प्रसाद यादवले भोलि बिहिबार घटस्थापनाको दिन मेला को उद्घाटन एवं शोभा यात्रा निकालिने छ । भोलि बिहान ९ बजे गढीमाई मन्दिर परिसरबाट शोभा यात्रा सुरु हुने मुल समिति का अध्यक्ष यादवले जानकारी दिएका छन् ।
प्रस्थान विन्दु गढीमाई मन्दिर देखि बरियारपुर गाउँ हुदै वरियारपुर ईनर्वा चौक, तेलकुवा चौक नहर, बसतपुर चौक हुँदै नेपाल भारत सिमा रहेको मटिअर्वा चौक सम्म शोभा यात्रा हुने छ ।
त्यसपश्चात् शितलपुर विशमरपुर, जिल्लाको सदरमुकाम कलैया स्थित भरत चौक देखि गुप्ता पेट्रोल पम्प, अंसारी पेट्रोल पम्प हुँदै अदालत रोड रामपुर-विजुलपुर देखि गंजमवानीपुर – दहियार हुदै अन्तिममा फेरि गढीमाई मन्दिर सम्म आएर शोभा यात्रा सम्पन्न हुने यादवले जानकारी दिएका छन् ।
प्रत्येक ५ वर्षमा एक चोटी लाग्ने पञ्चवर्षीय गढीमाई मेलामा देश विदेशबाट लाखौको सख्यामा भक्तजनहरु आउने गरेको इति- हास बोकेको यस वर्षको मेला एैतिहासिक,सभ्य र भव्य हुने अध्यक्ष यादवको दाबी छ ।



