काठमाडौं । क्यानडामा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । खेल किङ सिटीमा आजराति पौने १० बजे शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रन ले पराजित भएको थियो ।
विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडामा एकदिवशीय शृङ्खलापछि नेपाल, क्यानडा र ओमानबीच टी–२० शृङ्खला भइ रहेको छ । नेपालले पर्सि मङ्गलवार क्यानडासँग र बुधवार ओमानसँग खेल्नेछ । नेपालले क्यानडामा खेलेका चारमध्ये तीन वटा पराजित हुँदा ओमानसँगको खेल वर्षाले रद्द भएपछि अङ्क बाँडेको थियो ।



