वीरगञ्ज । पर्साको ५ पालिकाले अहिले सम्म पनि गाउँसभा गर्न सकेका छैन् । ती पालिकाहरुमा आपसी बिवाद तथा भागबण्डा मा कुरा मिल्न नसक्दा तोकिएको समय भित्र गाउँसभा हुन नसकेको हो ।
हालसम्म पर्साको जिरा भवानी गाउँपालिका,बिन्दवासिनी गाउँपालिका गाउँपालिका,धोविनी गाउँपालिका ,पकहामैनपुर गाउँ पालिका तथा बहुदरमाई नगरपालिकाले गाउँसभारनगर सभा गर्न नसकेको हो ।
तोकिएको समय भन्दा ३ महिना ढिला भइसक्दा समेत सभा नहुनुमा नेतृत्व दोषी रहेको पालिकाका आम जनताको बुझाई छ तर नेतृत्वले भने बिपक्षीहरुको कारण सभा सम्पन्न हुन नसकेको बताउँदै आएको छ ।
असारको १० गते भित्र गाउँसभा सम्पन्न गरी बजेट ल्याउनु पर्ने सरकारी प्रवधान रहेको छ । पालिकाहरुले बजेट नल्याउँदा विकास निर्माण,कर्मचारीहरुको तलब,समाजिक सुरक्षा भता तथा जनताको अन्य कामहरु समेत प्रभावित हुदै आएको छ ।
यसरी तोकिएको समयमा निति तथा कार्यक्रम एवं बजेट नआउँदा असाढे बिकासले प्रोत्साहन पाउँदै आएको जनकारहरुको भनाई छ ।
धोविनी गाउँपाकिालका अध्यक्ष मदन चौहानले पालिकाहरुमा अल्प बहुमतको खेलको कारण सभा प्रभावित हुने गरेको बताए । उनले आफु बिपक्षीहरुको मागलाई सम्बोधन गर्दै चाडै सभा गर्ने समहतीमा पुगेको भएपनि बैठकमा उनीहरु कसरी प्रस्तुत हुन्छन, त्यसले नै सबै कुरा निर्धारित गर्ने बताए । सभा गर्न जनताको दवाव रहेको तथा बिकासको काम समेत प्रभावित भएको कारण आफु चाडो भन्दा चाडो सभा गर्न तत्पर रहेको अध्यक्ष चौहानले बताए ।
यता बहुरमाई नगरपालिकाका मेयर सिंगासन साहले आफु बिरामी भई उपचारमा रहेको बताउँदै चाडै नगरपरिषद् गर्ने गरी काम भइरहेको बताए । त्यसैगरी अहिले सम्म सभा गर्न नसेको अर्का पालिका पकहामैनपुर गउँपालिकाका अध्यक्ष सुरेश प्रसाद मेहताले गाउँपालिकामा प्रमुख प्रशासकी अधिकृत नभएर समस्या भएको बताउँदै दशैं अगावै सभा गरी बजेट ल्याउँने तयारी भइरहेको दावी गरे । समयमा सभा नहुदा संघ र प्रदेशबाट आउँने अनुदान पनि कटौनी हुने गरेको छ ।
नेकपा एमालेका तर्फबाट बहुरमाई नगरपालिकामा मेयरमा चुनाव लडेका नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य शिव पटेल भने समयमा बजेट ल्याउन नसक्नुमा नेतृत्वको असक्षमता भएको टिप्पणी गरे । उनले पालिका प्रमुखहरुले चुनाव जितेका जनप्रतिनिहरुसँग समन्वय गर्न नसक्नुमा उनीहरुमा कहि न कहि नेतृत्व गर्ने क्षमता नभएको स्पष्ट गरेको बताए । समय मा बजेट नआउँदा जनताको काम प्रभावित हुने गरेको तथा यसको दण्ड अर्को चुनावमा उनीहरुले भोग्नु पर्ने नेता पटेलले बताए ।
बजेट नल्याएका पालिकामा निर्वाचित जनप्रतिनिधिहरु बिच बजेट तथा योजना बितरणमा चरम बिवाद देखिएको कारण परिषद् कहिले हुने हो अहिले पनि अन्यौलता छ ।



