रौतहट । रौतहटमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । जिल्लाको कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्हरीया सडक खण्डमा गएराति ७ बजे मधेस प्रदेश ०३–०२८ प ४९४१ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा कटहरिया नगरपालिका–९ डुमरियाका २६ का रामजन्म पासवानको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।
तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका पासवानको कटहरियामा उपचार नभएपछि थप उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ।



