काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १५०० सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३४ हजार ६९० रुपैयाँ कायम भएको छ ।
यसैबिच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको हो ।



