काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी ८ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार काठमाडौं, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम एनपीएलमा सह भागी फ्रेन्चाइज टोली रहने भएका छन् ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नाममा रहेका छन् भने अन्य शहरबाट नामाकरण भएका हुन् । एनपीएल आगामी नोभेम्बर ३० देखि २१ डिसेम्बरसम्म काठमाडौंमा हुनेछ ।



