काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा कुल ६१ जना कर्मचारीका लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिको वास्ते दरखास्त आह्वान गरेको छ ।
बैंकले आफ्नै आधिकारिक अनलाइन प्रणालीमार्फत यो विज्ञापन प्रकाशन गरेको हो । यस विज्ञापनअनुसार सहायक निर्देशक र सहायक पदहरूमा रोजगारीको अवसर खुलाइएको छ ।
जसमा सहायक निर्देशक (खुला तथा समावेशी) तर्फ २६ जना, सहायक निर्देशक (लेखारलेखापरीक्षण) तर्फ ३ जना, सहायक निर्देशक (वाणिज्य कानुन) तर्फ २ जना र सहायक निर्देशक (सूचना प्रविधि) तर्फ ४ जना कर्मचारी माग गरिएको छ । त्यस्तै, सहायक पदमा पनि २६ जनाका लागि आवेदन खुलाइएको छ ।
२०८३ कात्तिक २७ गते प्रकाशित यस विज्ञापनमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, मधेसी तथा आदिवासी जनजातिहरूका लागि समावेशी कोटासमेत छुट्याइएको छ ।
योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले बैंकको आधिकारिक अनलाइन पोर्टल वयदक।लचद।यचन।लउ मा गई आगामी २०८३ मंसिर २४ गते (डिसेम्बर १०, २०२६) भित्र अनलाइनमार्फत आवेदन दिइसक्नुपर्नेछ ।
