काठमाडौं । सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १२ हजार ६०० रुपैयाँ र चाँदी १५५ रुपैयाँले घटेको हो ।
सुनको भाउ आज तोलाको २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि गएको सोमवार सुन तोलाको २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
हिजो, अस्ति र गएको मंगलबार तीन दिन सुनको कारोबार भएन । त्यस्तै आज चाँदीको भाउ १५५ रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कारोबार भईरहेको छ । यसअघि सोमवार चाँदी तोलाको ३ हजार ८५५ रुपैयाँमा करोबार भएको थियो ।
