काठमाडौं । महान पर्व छठको अवसरमा सरकारले यस वर्ष पनि सर्वसाधारणलाई खुसीको खबर दिएको छ । गृह मन्त्रालयले शुक्रबार एक औपचारिक सूचना जारी गर्दै छठ पर्वको अवसरमा कात्तिक २९ गते आइतबार मात्र नभई त्यसको भोलिपल्ट अर्थात् कात्तिक ३० गते सोमबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
छठ पर्व अन्तर्गत पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेर मात्र व्रत समापन गर्ने परम्परा रहिआएको छ ।
व्रत बस्नेहरू तथा सर्वसाधारणलाई पूजाआजा र यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले दुवै दिन बिदा दिने निर्णय गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
सरकारको यो निर्णयसँगै यसपटक छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार र ३० गते सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ, जसले पर्व मनाउन टाढाटाढाबाट घर फर्कने नागरिकहरूलाई ठूलै राहत पुग्ने अपेक्षा गरिएको छ ।
तर, लामो समयदेखि यी कानुनी प्रावधानहरूको प्रभावी कार्यान्वयन नहुँदा विमानस्थलको अर्बौँ रुपैयाँ राजश्व उठ्न सकेको छैन, जसले विमानस्थलको वित्तीय अनुशासनमाथि नै ठुलो प्रश्न उठाएको छ ।
