जनकपुरधाम । डेढ दशकदेखि रुग्न हुलाकी सडक अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण तथा मर्मत सकेर एक्सपान्सन जोड्ने काम अन्तिम चरणमा पुगेको हुलाकी सडक निर्देशनालय जनकपुरका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।
उनका अनुसार पुलको दुवै तर्फ माटो हालेर बाटो बनाउने, बाँध बाँध्ने र पुलमा रेलिंग लगाउने काम भइरहेको छ । भौतिक पूर्वाधार मन्त्रालयको विशेष चासोमा पुल सञ्चालनको लागि तीव्र गतिमा काम जारी छ । पुल निर्माण सम्पन्न गरी मंसिर पहिलो सातादेखि सञ्चालनमा आउने निर्देशनालयका निर्देशक महतोले बताए ।
