वीरगञ्ज । करिब २ करोड मूल्य बराबरका भन्सार छलीका सामानसहितको २ वटा ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ करोड ८२ लाख ६ हजार ४३८ मूल्य बराबरका भन्सार छलीका सामानसहित २ वटा ट्रकहरु पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले चलाएको जाँच अभियानका क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ ड्राइपोर्ट एरियाबाट दुईटा ट्रकहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
विशेष जाँचका क्रममा प्रहरीले ना ५ ख २९१२ र ना.३ ख ७७२७ नम्बरको ट्रकहरूबाट उक्त मूल्य बराबरका ज्वानो, काजु र ईलेक्ट्रोनिक्स सामानहरू लोड रहेको ट्रकहरु नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।
बरामद सामानसहित ट्रकहरु आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जानकारी दिएको छ ।
