वीरगञ्ज । अबैध रुपमा भन्सार छलि गरि भारतबाट ल्याएर वीरगञ्जमा भण्डार गरि राखिएका सामान प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैयाका विभिन्न घरमा खोजतलास गरि प्रहरीले भारतबाट भन्सार छली लुकाई छिपाई राखेका १३ लाख १० हजार ३ सय बराबरको सामान नियन्त्रणमा लिएको हो ।
खोजतलासको क्रममा प्रहरीले कुर्था सुरुवाल, साडि लगायत थानको अन्य कपडाहरु फेला परेर नियन्त्रणमा लिएको जनाईएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी नायव उपरिक्षक बिश्वराज योन्जन र सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजाल को कमाण्डमा खटिएको सशस्त्र प्रहरी बल, नेपालको ठुलो टोलि तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरिक्षक बिजय चौहानको कमाण्डमा ४३ जनाको संयुक्त टोलि खटेका थिए ।
वीरगञ्ज भन्सार कार्यालय पर्साका ना.सु. बिष्णु प्रसाद चौधरी समेतको सहभागितामा उक्त समान नियन्त्रणमा लिई आवश्यक कारावाहीको लागी बिहीबार वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायव उपरिक्षक बिश्वराज योन्जनले बताए ।



