काठमाडौं । पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपता भएका छन् । शुक्रबार बिहान करिब ८ बजे हेटौडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ वर्षका सह चालक त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ ।
उनी ना ६ ख ४९४७ नम्बरको ट्रकमा सहचालकको रूपमा काम गर्दै आएका छन् । प्रहरीले उनको खोजी भइरहेको र ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।



