वीरगञ्ज । पर्सामा आँधी र पानीले गर्दा क्षति पुरयाएका पिडीतहरुलाई क्षतिपुर्तिको ब्यावस्था गर्न तीनै तहका सरकारसित नेपाली काँग्रेसबाट निर्बाचित पर्सा क्षेत्र नम्बर २ का सासद अजय चौरसियाले माँग गरेका छन । मँगलबार प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले गत बुधबार राति आएको आँधीसँगैको पानीले ।
पर्साका स्थानीयको घर र किसानहरुको बालीनालीमा क्षति पुरयाएको बताए । डेढ सय किलोमिटर जतिको स्पिडमा आएको आँधीले पर्सा जिल्लाको बिभिन्न ठाउँहरुमा टोर्नाडो जस्तै अवस्था रहेको चौरसियाले बताए । उनले सयकडौ घरहरु उडाएको ,किसानहरुको बालीनाली नष्ट गरेको,बिजुलीका पोलहरु समेत ढलेकोले पिडीतहरुलाई क्षतिपुर्तिको ब्यावस्था हुनुपर्ने जिकिर गरे ।
देशमा भएका तीन वटा सरकार स्थानीय,प्रदेश र सँघीय सरकार भएपनि कुनै पनि सरकारले पिडीतहरुलाई क्षतिपुर्ति वा राहत दिने ब्यावस्था नगरेकोले तिनै तहका सरकारसित राहतको ब्यावस्था गर्न चौरसियाले सभामुखार्फत आग्रह गरेका थिए ।‘



