वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट दश लाख चौहत्तर हजार आठ सय पचास बराबरको विभिन्न किसिमको मोटरसाईकल पार्टसहरु बरामद गरेको छ । विशेष सुचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–८ पानी टंकी स्थित मुकेश रौनियारको दुई तल्ले घरमा खानतलाशी गरेको थियो ।
रौनियारको घरमा कोठा भाडामा लिएर भारत पुर्वी चम्पारण बिहार रक्सौल बस्ने अजय गुप्ताको कोठाबाट उक्त परिमाणको मोटरसाईकल पार्टसहरु बरामद भएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए । बरामद मोटरसाईकल पार्टसहरु वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।



