वीरगञ्ज । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बारा र पर्साका हावाहुरी पीडितलाई राहत दिन सरकारसँग माग गरेका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जेठ २५ गते बारा र पर्सामा भीषण हावाहुरी गएको बताए ।
भीषण हावाहुरीले बारा क्षेत्रमा कैयौं घर उडाएको छ दर्जनौं घाइते भएको बताउदै साहले आँप र लिचीका रुखहरू ढलेर किसान मर्कामा परेको जानकारी गराए ।
राहतको कुनै चाँजोपाँजो नसुनेकोले पीडितहरूले राहत उपल्बध गराउन पनि सरकारसित साहले माँग गरे ।भत्केका घर पुनर्निर्माण गर्न, फलफूल र खाद्यान्न नष्टको क्षतिपूर्तिको व्यवस्था गर्न पनि उनको माग छ ।



