काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच खेल हुदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुनेछ । जारी आइपीएलमा सनराइजर्सको १२ खेलमा १४ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । सनराइजर्सले यो खेल जितेमा प्लेअफमा छनौट हुनेछ ।
त्यसैगरी गुजरात भने आइपिएलको प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ । पछिल्लो कोलकोताविरुद्धको खेल बर्षाका कारण रद्ध भएपछि गुजरात प्लेअफको दौडबाट बाहिरिएको हो । गुजरातको १३ खेलमा ११ अंक रहेको छ र अंक तालिकामा आठौँ स्थानमा रहेको छ ।



