सिराहा । सिराहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रामदयाल यादवका चार वर्षीय छोरा आयान्स कुमार यादव रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालक मंगलबार बिहान आफ्नै घरअगाडि खेलिरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गोलबजारतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।
