काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा ९०० रुपैयाँले घटेर तोलाको ३ लाख १०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तीजको दिन हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो ।
सुन हिजो तोलामा १ हजार २०० रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज पनि चाँदीको भाउ घटेको छ ।
हिजो तोलामा ४० रुपैयाँले घटेर तोलाको ४ हजार ६२० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँले घटेर तोलाको ४ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
