काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुँदै छ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७स् ४५ बजेदेखि सुरु हुने छ । जारी आईपीएलमा हैदरावादले ९ खेलमा ५ जित र ४ हार बेहोरेको छ ।
१० अङ्कसहित सनराइजर्स पाँचौँ स्थानमा रहेको छ । त्यसै गरी राजस्थान भने ९ खेलमा ८ खेल जितेर अङ्क तालिकामा १६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।



